kumari
stcnepal

राष्ट्रिय क्रिकेट प्रशिक्षण बाट किन दिए दासानायकेले राजिनामा ?

काठमाडौं ।राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । आज आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । श्रीलंकाली पूर्वक्रिकेटर दासानायके गत मंसिरमा दोस्रो पटक नेपाली क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले जिम्मेवारी सम्हालेयता नेपाली टिमले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । हालै लिग २ क्रिकेट अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले खराब प्रदर्शन गरेको थियो ।

यस भ्रमणमा नेपालले नामिबिया विरुद्ध दुवै खेलमा हार व्यहोरोको थियो भने स्कटल्यान्ड विरुद्ध एक हार र एक जितको मिश्रित नतिजा निकालेको थियो । अपेक्षित प्रदर्शन गर्न नसकेपछि नेपालको एकदिवसीय स्टाटस कायम राख्न समस्या पर्ने देखिएको छ । यस्तै, २०२३ को विश्वकप खेल्ने नेपालको सपना पनि चुनौतिपूर्ण बनेको छ । दासानायकेको अघिल्लो कार्यकाल भने नेपाली क्रिकेटका लागि सुखद बनेको थियो ।

उनको प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ देखि १ सम्मको यात्रा तय गरेको थियो । साथै, २०१४ मा बंगलादेशमा आयोजित टी-२० विश्वकपमा नेपालले स्थान बनाएको थियो । पुबुदुले दोस्रो कार्यकालका लागि क्रिकेट संघ सँग गत मंसिरमा दुई वर्षको सम्झौता गरेका थिए । तर, नेपालको प्रदर्शन कमजोर बनेपछि उनले छिट्टै पद त्याग गरेका छन् । उनले एक साताअघि नै इमेल बाट क्यानलाई राजीनामा पठाइसकेको बताए । राजीनामामा उनले व्यक्तिगत कारण देखाएका छन् ।

 

 

footer