kumari
stcnepal

बेलायतको प्रधानमन्त्रीका लागि त्रृषि र लिज बीच प्रतिस्पर्धा हुने निश्चित

काठमाडौं ।कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका लागि ऋषि सुनक र लिज ट्रस बीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । यो निर्णय कन्जरभेटिभ सांसदहरू बीचको अन्तिम चरणको मतदानमा लिइएको हो।


पाँचौं चरणको मतदानमा ऋषि सुनकले सर्वाधिक १३७ मत प्राप्त गरे भने लिज ट्रसले ११३ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेकी पेनी मोर्डेन्टले १ सय ५ मत प्राप्त गरिन् । यसरी मोर्डेन्ट यस दौडबाट बाहिर भइन्। यसअघि मंगलबार भएको चौथो चरणको मतदानमा सुनकले ११८ र लिज ट्रसले ८६ मत पाएका थिए ।

अब दुवै उम्मेदवार बीच २५ जुलाईमा बीबीसीमा वान टु वान बहस हुनेछ । यस सँगै कन्जरभेटिभ पार्टीका देशभरका १ लाख ६० हजार सदस्यबाट हुलाक मतपत्र मार्फत भोट हालेर नयाँ प्रधानमन्त्रीको घोषणा सेप्टेम्बर ५ मा हुनेछ ।

 

 

footer