kumari
stcnepal

साफ यू-२० च्याम्पियनसिपमा नेपाल भारत सँग ८-० को फराकिलो अन्तरले पराजित

काठमाडौं ।सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारत सँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ ।

यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपाल भारत विरुद्ध निरिह बन्दा एक गोल पनि फर्काउन सकेन । पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो ।

अघिल्ला दुई खेलमा ७ गोल गरेको नेपालले भारत सँग मात्र ७ गोल खायो । यस हारले फाइनल पुग्ने नेपालको लक्ष्यमा झड्का लागेको छ । तीन खेल बाट नेपालको ६ अंक छ । उति नै खेल बाट ६ अंक जोडेको भारत हेड टु हेड र गोल अन्तर दुवैमा नेपाल भन्दा अघि छ र दोस्रो स्थानमा छ । बंगलादेश सबै तीन खेल जितेर ९ अंक सहित शीर्ष स्थानमा छ ।

अब नेपालले फाइनल पुग्न अन्तिम खेलमा बंगलादेशलाई हराउनै पर्नेछ भने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

 

 

footer