kumari
stcnepal

इंग्ल्यान्डलाई महिला युरोकप २०२२ को उपाधि

काठमाडौं ।घरेलु टोली इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ। वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरमा हराउँदै इङ्ल्याण्डले उपाधि रक्षा गरेको हो। इंग्ल्यान्डलाई जिताउन इला टोनी र च्लोए केलीले एक-एक गोल गरे। जर्मनीका लिना मागुलले एक गोल गरिन्।

अत्यन्तै रोमान्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाइन्। तर,७९ औं मिनेटमा लिनाले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याईन्। त्यसपछि निर्धारित ९० मिनेट सम्म गोल नभएपछि खेल १-१ गोलको बराबरीमा सकियो। अतिरिक्त समयमा इंग्ल्यान्डकी केलीले निर्णायक गोल गरिन्।

केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाईन्।क्वार्टरफाइनलमा स्पेनलाई निराश पारेको इङल्यान्डले सेमिफाइनलमा स्विडेन माथि ४-० को जित निकालेको थियो । यो जित सँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ।

महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो। यसअघि इंग्ल्यान्ड सन् १९८४ र २००९ मा फाइनल प्रवेश गरेको थियो। आठ पटकको च्याम्पियन जर्मनी पहिलो पटक फाइनलमा पराजित भएको हो। जर्मनीले यसअघि फाइनल प्रवेश गरेको सबै खेलमा च्याम्पियन बनेको थियो। जर्मनीले यसअघि सन् १९८९, १९९१, १९९५, १९९७, २००१, २००५, २००९ र २०१३ को च्याम्पियन हो ।

footer