kumari
stcnepal

आज थपिए ८१४ जना कोरोना संक्रमित

काठमाडौं ।देशभर थप ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४१५ जनाको परीक्षण गर्दा पीसीआर विधि बाट ५०९ तथा एन्टीजेन विधि बाट ३०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २९९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६८ जनाको मृत्यु भइसकेको छ । यता थप ११ हजार ५१३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

footer