kumari
stcnepal

आज ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं ।देशभर थप ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधि बाट ५९० तथा एन्टिजेन विधि बाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको निधन भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer