kumari
stcnepal

केन्यामा टी–२० तथा एकदिवशीयका भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौं ।नेपालले केन्या सँग खेल्ने टी–२० तथा एकदिवशीयका लागि नेपालले १६ सदस्यीय टोलीको घोषणा गरेको छ । यस टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।

नेपालका लागि यू–१९ का विकेट किपर अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यूएई सिरिज पछि नेपालको कुनै पनि प्रतियोगितामा नदेखिएका ज्ञानेन्द्रले नयाँ प्रशिक्षक आए सँगै टोलीमा पुनरागमन गरेका छन् । उनी सँगै साह आलम र विवेक यादवले पनि टिममा पुनरगामन गरेका छन् । अर्जुनले उमेर समूह अन्र्तगत यू–१९ एसिया कप खेलेका हुन् ।

त्यस्तै नेपाली टोलीका रेगुलर ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी यस पटक टोलीमा परेका छैनन् । वैकल्पिक खेलाडीमा थप चार खेलाडी गरी क्यानले २० जनाको नाम सार्वजनिक गरेको हो । नेपालले केन्यामा गएर भदौ ९ देखि १३ सम्म टी–२० अन्तर्राष्ट्रिय तथा भदौ १७, १८ र २० गते एकदिवशीय खेल खेल्ने छ ।

footer