kumari
stcnepal

आज थप ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ५ जनाको निधन भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७६ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने १९२ जना संस्थागत आइसोलेसन र ६० जना आईसीयूमा छन् । यस्तै ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ४४५ पुगेको छ ।

यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६ जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

footer