kumari
stcnepal

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार राति मनोनयन सार्वजनिक गरेको हो ।

पुरूषको प्लेयर अफ दि इयर मनोनयन तर्फ शीर्ष तीनमा म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना, रियल मड्रिडका करिम बेन्जिमा र थिवाउट कोर्टुइस छन्। गोलकिपर कोर्टोइस र बेन्जेमाले च्याम्पियन्स लिग जितेका समेत हुन्। यो सूचीको शीर्ष १५ मनोनयनमा लियोनल मेसी, नेइमार र क्रिस्टियानो रोनाल्डो अटाएनन्।

बाँकी खेलाडीहरू
रोबर्ट लेवान्डोस्की (बायर्न, हाल बार्सिलोना र पोल्याण्ड)
लुका मोड्रिच (रियल म्याड्रिड र क्रोएसिया)
साडियो माने (लिभरपुल, हाल बायर्न र सेनेगल)
मोहम्मद सलाह (लिभरपुल र इजिप्ट)
केलियन एम्बाप्पे (पिएजी र फ्रान्स)
भिनिसियस जुनियर (रियल म्याड्रिड र ब्राजिल)
भर्जिल भान डाइक (लिभरपुल र नेदरल्याण्ड्स)
बर्नार्डो सिल्भा (म्यानचेस्टर सिटी र पोर्चुगल)
फिलिप कोस्टिक (इन्ट्राक्ट फ्रान्कफर्ट र सर्बिया)
लोरेन्जो पेलेग्रिनी (रोमा र इटाली)
ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड (लिभरपुल र इङ्गल्याण्ड)
फाबिन्हो (लिभरपुल र ब्राजिल)

युइएफएले रियलका कार्लो एन्सेलोटी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका जर्गेन क्लोपसहित पुरूष म्यानेजर अफ द इयर अवार्डका लागि छनोट सूची पनि सार्वजनिक गरेको छ। वर्षको उत्कृष्ट महिला खेलाडी र वर्ष प्रबन्धकको मनोनयन पछि सार्वजनिक गरिने भएको छ। सबै विजेताको घोषणा आगामी अगष्ट २५ मा इस्तानबुलमा च्याम्पियन्स लिगको समूह चरणको ड्र समारोहमा गरिनेछ। एजेन्सी

footer