kumari
stcnepal

म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्ड सँग पराजित

काठमाडौं ।इंङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्ड सँग पराजित भएको छ । गएराति ब्रेन्टफोर्डको मैदानमा युनाइटेडले ४–० को हार बेहोरेको हो । ब्रेन्टफोर्डका जोस डा सिल्भा, माथिअस जेन्सन, बेन मी र ब्रायन एम्बुएमोले गोल गरे ।

यसअघि पहिलो खेलमा युनाइटेड ब्राइटन सँग २–१ गोलले पराजित भएको थियो । नयाँ सिजनको दुवै खेलमा हार बेहोरेपछि युनाइटेड अंक तालिकाको पुछारमा छ । ब्रेन्टफोर्डको ३ खेलमा ४ अंक छ ।

footer