kumari
stcnepal

आज थपिए ८४८ जना कोरोनाका संक्रमित, १ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पाँच हजार ६१९ वटा नमुना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण एक जनाको निधन भएको छ, यो सँगै कोभिड १९ का कारण निधन हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

आज ५२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

footer