kumari
stcnepal

ब्राजिलियन मिडफिल्डर क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने

काठमाडौं ।स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड जाने भएका छन् । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ ।

३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् । जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् ।

क्यासेमिरो युनाइटेड जाने भएसँगै पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डो सँग पुनर्मिलन हुने भएको छ ।

footer