kumari
stcnepal

सिटी न्युकासल युनाइटेड सँग बराबरीमा रोकियो

काठमाडौं ।प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले न्युकासल युनाइटेड सँग ३–३ गोलको बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा सिटीले सुरुआती लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।

सिटीका लागि इल्के गुन्डोगान, अर्लिङ हालाण्ड र बर्नान्डो शिल्भाले एक–एक गोल गरे । यता न्युकासलका लागि मिगुएल अल्मिरोन, कलुम विल्सन र केइरन ट्रिपियरले एक–एक गोल गरे । बराबरी सँगै सिटीले ३ खेलमा ७ अंक जोडेको छ । सिटी अंक तालिकाको दोस्रो स्थानमा छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा छ ।

footer