kumari
stcnepal

आज थपिए ६३४ जना कोरोनाका संक्रमित, १ जनाको निधन

काठमाडौं ।नेपालमा कोभिड–१९ को सङ्क्रमण बाट थप १ जना सङ्क्रमितको निधन भएको छ । यो सँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधि बाट ३४३ तथा एन्टीजेन विधि बाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् ।

footer