kumari
stcnepal

नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौं । नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ । यस सँगै पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ ।

आइतबार नैरोबीमा घरेलु टोली केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी-२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।

footer