kumari
stcnepal

आज नेपालमा आईसीसी विश्वकप ट्रफी सार्वजनिक गरिदै

काठमाडौं ।आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक गरिने भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शनी गरिने तालिका रहेपनि खराव मौसमका कारण प्रदर्शनी रोकिएको थियो ।

आज ट्रफीलाई पुन: सगरमाथा र गोक्यो पुर्याइने क्यानले जनाएको छ । अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी बुधबार नै भक्तपुर दरबार स्क्वायरमा बिहान ११:३० बजे बाट प्रदर्शनीमा राखिने क्यानले जानकारी दिएको छ । आजै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा समेत ट्रफी पुर्‍याइनेछ ।

टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ ।

footer