kumari
stcnepal

काठमाडौं महानगर, ललितपुर महानगर र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’

काठमाडौं ।काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जना भन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका १३ पालिका सहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हाल सम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।

footer