kumari
stcnepal

४ खेल बाट १२ अंक सहित रियल शीर्ष स्थानमा

काठमाडौं ।स्पानिस ला लिगामा साविक विजेता रियल मड्रिडले शनिबर राति रियल बेटिसलाई २-१ ले पराजित गरेको छ । रियल मड्रिड यस सिजन खेलेका सबै ४ खेल जित्दै शतप्रतिशत नतिजा ल्याउने एक्लो टिम बनेको छ । ४ खेल बाट १२ अंक सहित रियल शीर्ष स्थानमा छ । यसअघि चार खेलमा अपराजित रहेको बेटिसको भने यो पहिलो हार हो ।

घरेलु मैदानमा रियलका लागि भिनिसियस जुनियरले नवौँ र रोड्रीगोले ६५औं मिनेटमा गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए । रियल मड्रिड सँग बेटिस हार्दा यसको फाइदा बार्सिलोनाले उठाएको छ । सेभियालाई ३-० ले हराउँदै बार्सिलोनाले पनि अपराजित यात्रा कायम राख्दै दोस्रो स्थानमा उक्लेको छ ।

 

 

footer