kumari
stcnepal

प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर युनाइटेड सँग पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर युनाइटेड सँग पराजित भएको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको आर्सनल युनाइटेड सँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे । त्यस्तै एन्टोनी सान्तोसले एक गोल गरे । यता आर्सनलका बुकायो साकाले एक गोल फर्काए ।जित सँगै युनाइटेडले ६ खेलमा १२ अंक जोडेको छ । युनाइटेड पाँचौ स्थानमा छ । पराजित आर्सनल १५ अंक जोडेर शीर्ष स्थानमा छ । आर्सनलको यो सिजनको पहिलो हार हो ।एजेन्सी

footer