kumari
stcnepal

एसिया कप टी–२० क्रिकेटको फाइनलमा पाकिस्तान र श्रीलंका

काठमाडौं ।युएईमा जारी एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि पाकिस्तान र श्रीलंका भिड्ने भएका छन्। प्रतियोगितान अन्तर्गत सुपर फोरमा पाकिस्तानले लगातार दोस्रो जित निकाले सँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ। बुधबार सारजाहमा अफगानिस्तानलाई रोमाञ्चक खेलमा १ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

पाकिस्तानको जित सँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिता बाट बाहिरिए। अब उपाधिका लागि पाकिस्तानले आइतबार श्रीलंकाको सामना गर्नेछ। अफगानिस्तानले दिएको १३० रन लक्ष्य पछ्याएको पाकिस्तानले ४ बल बाँकी छँदै पूरा गर्‍यो।

१३० रनको लक्ष्य पछ्याउन पाकिस्तानले अन्तिम ओभरसम्म संघर्ष गर्नुपर्‍यो। १९ औं ओभरमा २ विकेट गुमाएर दबाबमा आएको पाकिस्तान अन्तिम ओभरमा ११ रन आवश्यक भएको बेला पहिलो र दोस्रो बलमा लगातार दुई छक्का प्रहार गर्दै ९ विकेट गुमाएर जित निकाल्न सफल भयो।एजेन्सी

 

 

footer