kumari
stcnepal

एनभीएको अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिए

काठमाडौं ।नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् ।

बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार चन्दले ७६ मत ल्याए । उनले अध्यक्षका अर्का प्रत्यासी निरोज मास्केलाई २६ मत अन्तरले पराजित गरे । मास्कको पक्षमा ५० मत पर्यो ।

पूर्व भलिबल खेलाडी चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए) का कोषाध्यक्ष समेत हुन् । महासचिवमा चन्द प्यानलका रोशनकुमार श्रेष्ठ ८५ मत सहित विजयी भए । महासचिव पदका अर्का प्रत्यासी मनवीर छन्त्यालले ३९ मत पाए ।

footer