kumari
stcnepal

आज थपिए १५२ जना कोरोनाका संक्रमित, २ जनाको निधन

काठमाडौं ।पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको निधन भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ४४८ रहेको छ ।

footer