kumari
stcnepal

श्रीलंकालाई एसिया कपको उपाधि

काठमाडौं ।एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो। श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा १४७ रनमा अलआउट भयो।

पाकिस्तान कप्तान बाबर अजाम ५ रनमा र फखर जमान शून्यमा आउट भए। पाकिस्तानले चौथो ओभर चल्दा महत्वपूर्ण दुई विकेट गुमाएको थियो। दुवैलाई प्रमोद मदुशनले आउट गरेका थिए।

footer