kumari
stcnepal

एएफसी २० मा नेपालको लज्जास्पद हार

काठमाडौं ।नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइन सँग ६–० ले गोल अन्तरले पराजित भएको हो।

बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे। खेलको २०औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै बहराइनलाई सुरूआती अग्रता दिलाएका थिए। २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटियो। ४२ औं मिनेटमा नसिरले गोल गर्दै बहराइनलाई पहिलो हाफमा २-० को अग्रता दिलाए।

दोस्रो हाफमा थप आक्रमक देखिएको बहराइनले ४ गोल थप्यो। ६७औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई ३–० ले अद्दि बढाए। ८३औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइन ४–० ले अघि बढ्यो। ८८औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५–० को अग्रता दिलाए। ९० औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को सानदार जित दिलाए। यो जित सँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दै २ खेलमा ४ अंक जोडेको छ।लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै पुछारमा रहेर छनोटबाट बाहिहिरएको छ।

footer