kumari
stcnepal

डेंगुका बिरामीलाई काठमाडौं महानगरपालिकाको निशुल्क एम्बुलेन्स सेवा

काठमाडौं ।काठमाडौं महानगरपालिकाले डेंगुका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साउन लागे सँगै उपत्यकामा डेंगुको प्रकोप ह्वात्तै बढेपछि महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको बताइएको छ ।

डेंगु संक्रमितका लागि महानगरले २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरु सँग परामर्श लिने सकिनेछ । साथै, आवश्यकता परेमा १०२ मा कल गरेर निःशुल्क सेवा लिन सकिने जानकारी पनि गराएको छ ।

डेंगु रोकथाम र नियन्त्रणको निम्ति टोल वा सामुदायिक रुपमा नै सक्रिय भएर लाग्न सम्पूर्ण महानगरबासीलाई आग्रह गरिएको छ । डेंगु न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम भइरहेको उल्लेख गर्दै थप विस्तार गरेर नयाँ कार्यक्रम ल्याइने महानगरले जनाएको छ ।

footer