kumari
stcnepal

डेंगुका कारण चितवनमा एक पुरुषको निधन

चितवन ।पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एक जनाको निधन भएको छ । निधन हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेंगु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको निधन भएको हो ।

अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए । जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगु को सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।

footer