kumari
stcnepal

सन्दीप लामिछाने यहि २० गते नेपाल आउने, सोही दिन प्रहरी सामु आत्मसमर्पण गर्ने

काठमाडौं ।बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोप विरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकार समक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् । उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन् । उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि  गरेका छन् ।

केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताए । उजुरी दर्ता भएयता लामिछाने प्रहरीको फरार सूचीमा दर्ज भएका छन् । क्यारेबियन लिगका लागि जमैका गएका लामिछाने नेपाल नफर्केपछि प्रहरीले उनी विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले  डिफ्युजन नोटिस समेत जारी गरेको छ ।

footer