kumari
stcnepal

पीएसजीको निस माथि २–१ को जीत

काठमाडौं ।लियोनल मेसी र वैकल्पिक खेलाडी काइलियन एमबाप्पेले गरेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शनिबार राति फ्रेन्च लिग वानमा निस माथि २–१ को विजय हासिल गरेको छ ।

पीएसजीले घरेलु मैदानमा मेसीको गोल बाट २८औँ मिनेटमा अग्रता लिएको थियो । मेसीले फ्रीकिकमा सिधै गोल गरेका थिए । लिगमा जारी सिजन मेसीको यो पाँचौँ गोल हो । ४७औँ मिनेटमा निसका गाइटन लाबोर्डे बराबरी गोल फर्काए । खेल सकिन सात मिनेट बाँकी हुँदा एमबाप्पेले गरेको गोल पीएसजीको जितमा निर्णायक बन्यो ।

एमबाप्पे ५९औँ मिनेटमा ह्युगो इकिटिकेको स्थानमा मैदान छिरेका थिए । जारी सिजन एमबाप्पेको लिगमा यो आठौँ गोल हो । लिगमा धेरै गोल गर्नेमा नेइमार सँगै एमबाप्पे पनि शीर्ष स्थानमा उक्लिएका छन् । जित सँगै पीएसजीले ९ खेलबाट २५ अंक जोडेको छ । जुन दोस्रो स्थानको मार्से भन्दा दुई अंकले माथि हो । मार्सेले शुक्रबार राति एन्जर्सलाई ३–० ले हराएको थियो । पराजित निस ८ अंकका साथ १३औँ स्थानमा छ ।

 

footer