kumari
stcnepal

आज थपिए २७ जना कोरोनाका संक्रमित

काठमाडौं ।देशभर थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट २५ तथा एन्टिजेन विधि बाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।

footer