kumari
stcnepal

डेगुका बिरामीको संख्या ४० हजार भन्दा बढी ४८ जनाको निधन, सरकार भने रमिते बन्दै

काठमाडौं ।नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गते यता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो । यो सँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ ।

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म डेंगुका कारण ४८ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

footer