kumari
stcnepal

भारतमा आज भारतीय काग्रेस पार्टीले नयाँ अध्यक्ष पाउने

एजेन्सी। भारतीय कांग्रेसको अध्यक्ष पदका लागि भएको निर्वाचन अन्तर्गत बुधवार मतगणना हुँदैछ । निर्वाचनमा वरिष्ठ नेता मल्लिकार्जुन खड्गे र शशि थरुर उम्मेदवार छन् ।

भारतीय कांग्रेसमा २४ वर्षपछि पार्टी नेतृत्व गान्धी परिवार बाहिर जाँदैछ । ९ हजार ९१५ प्रतिनिधिमध्ये ९ हजार ५०० भन्दा बढी प्रतिनिधिले मतदान गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधवार मतगणना सकिए लगत्तै नयाँ अध्यक्षको घोषणा हुनेछ । देशभर ६८ केन्द्रमा मतदान भएको थियो । सबै मतपेटिका शिलबन्दी गरी पार्टी मुख्यालयमा राखिएको छ । उम्मेदवारका प्रतिनिधिलाई राखेर मतपेटिका खोलिने जनाइएको छ ।

footer