kumari
stcnepal

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी प्रथम

काठमाडाैं  ।विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो ।

आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त ग¥यो । आर्मीले यस अघिका सातौँ र आठौँ संस्करणको उपाधि समेत जितेको थियो ।

६४ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक सहित शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लब तेश्रो भएको छ ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौँथो तथा प्रदेशहरू मध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत, ५७ कास्य सहित १ सय २० पदक सहित समग्रमा चौँथो भयो । बागमती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक सहित पाँचौँ स्थानमा रहेको छ ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदक सहित छैँटौ भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदक सहित सुदूरपश्चिम प्रदेश सातौँ, एनआरएनए १० स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित आठौँ, ६ स्वर्ण, २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौँ स्थानमा रह्यो । मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौैं स्थानमा रहेको छ ।

मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य पदक जितेको हो । शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा एक/एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।

footer