kumari
stcnepal

भारतमा पक्राउ परेकी चीनिया महिला सँग नेपाली नागरिकता

एजेन्सी ।भारतमा जासुसीको आरोपमा एक जना चिनियाँ महिला पक्राउ परेकी छन्। टाइम्स अफ इन्डियाका अनुसार दिल्ली प्रहरीले बिहीबार काइ रूओ नामकी ती महिलालाई उत्तरी दिल्लीको मञ्जुका तिला क्षेत्र बाट पक्राउ गरेको हो। उनी त्यहाँको एक तिब्बती शरणार्थी शिविरमा बस्दै आएकी थिइन्।

चीनको हैनान प्रान्तकी ती महिला नेपाली नागरिकका रूपमा भारतमा सन् २०१९ देखि बस्दै आएकी थिइन्। उनी भिक्षुको पोशाक लगाएर हिँड्थिन्। भारतका विभिन्न मन्त्रालय र विभागका आसपासमा ती महिलाका शंकास्पद गतिविधि देखिएपछि उनलाई पक्राउ गरिएको उल्लेख गरिएको छ। उनी जासुस रहेको आशंका गरिएको छ। उनले के-के सूचना संकलन गरेकी थिइन् भन्ने खुलिसकेको छैन।

पक्राउ परेकी उनी बाट नेपाली नागरिकता बरामद भएको छ। नागरिकतामा उनको नाम डोल्मा लामा लेखिएको छ। दिल्ली प्रहरीले उनी माथि थप अनुसन्धान गरिरहेको छ।

footer