kumari
stcnepal

फोहरका थुप्रोमा लुकाईएका ८९ थान सुनका गहना भेटिए

ताप्लेजुङ ।ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ । जङ्गलमा फालिएको फोहोर थुप्रो भित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको प्रहरीको भनाई छ ।

गत असोज १७ गते ताप्लेजुङको फुङलिङ स्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहना मध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सुनका गहना फुङलिङ-४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ‘डीएसपी’ कैलाश राईले बताए । फेला परेको सुनको परिणाम निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

footer