kumari
stcnepal

बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी, सुनक र जोन्सन अगाडि

काठमाडौं ।बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा देखिएका छन्। उनले पार्टी नेता तथा प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सामेल हुनका लागि चाहिने १०० सांसदको समर्थन लगभग पूरा गरेका छन् । मनोनयन दर्ताका लागि १०० सांसदको समर्थन चाहिन्छ ।

३५७ सांसद रहेको ट्रोय पार्टीका तीन नेता मात्रै प्रधानमन्त्रीको होडमा सामेल हुन पाउँछन् । अहिलेसम्म सुनकले ट्रोय पार्टीका ९३ सांसदको समर्थन पाएका छन् । पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पनि पुनः प्रधानमन्त्रीको होडमा सामेल हुने देखिएको छ । उनलाई अहिलेसम्म ४४ सांसदले आफ्नो समर्थन रहेको बताएका छन् । बिदाका लागि क्यारबियन क्षेत्र गएका उनी बेलायत फर्कँदै छन् ।

जोन्सनलाई प्रतिस्पर्धापन गरेर लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । त्यस बेला सुनक पराजित भएका थिए । तर ट्रसले ६ हप्तामै राजीनामा दिएपछि बेलायत पुनः नयाँ प्रधानमन्त्रीको खोजीमा लागेको हो । यसपटक जोन्स फेरि प्रतिस्पर्धामा आउने भएका हुन् । हालसम्मको समिकरणले सुनकलाई अघि देखाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

भावी प्रधानमन्त्रीको होडमा रहेकी पेनी मोर्डन्टलाई २१ सांसदले समर्थन गरेका छन्। तर सुनक र जोन्सनले अहिलेसम्म औपचारिक रुपमा आफू प्रतिस्पर्धामा रहेको बताएका छैनन् । बिदाका लागि डोमिनिकन रिपब्लिकमा रहेका जोन्सन शनिबार बिहान लण्डन पुग्ने छन् ।

footer