kumari
stcnepal

डेंगुका कारण निधन हुनेको संख्या ५२ पुग्यो, ४३ हजार भन्दा बढी संक्रमित

काठमाडौं । पछिल्लो समय नेपालमा डेंगी संक्रमणका कारण निधन हुनेको संख्या थपिँदै गएको छ ।

डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ५२ जनाको निधन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

डेंगी रोग हाल सात प्रदेशका ७७ वटै जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ४३ हजार ६८५ जना डेंगी संक्रमित भएका छन् । हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।

डेंगी मानिसबाट मानिसमा सर्ने रोग भने होइन । यो एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।

footer