kumari
stcnepal

भारतीय मूलका ऋषी सुनक बेलायतको प्रधानमन्त्री बन्दै

एजेन्सी। बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भए सँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

प्रधानमन्त्री लिज ट्रस सँग पराजित भएको दुई महिना भन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फ बाट प्रधानमन्त्री बन्ने भएका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पद बाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन् ।

गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौड बाट उनी बाहिरिएका थिए ।

सुनक पूर्वी अफ्रिका बाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् । उनी हिन्दु धर्मावलम्बी हुन् ।

footer