kumari
stcnepal

पछिल्लो २४ घण्टामा घण्टामा थपिए २५ जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २८ जना कोरोना संक्रमण बाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।

footer