kumari
stcnepal

ट्विटरले चार हजार कर्मचारी हटायो, मालिक एलन मस्कको चौतर्फी बिरोध

सनफ्रान्सिस्को। सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिर बाट निकालेका छन् । अघिल्लो हप्ताा ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिएका थिए । त्यस लगत्तै उनले कम्पनीमा कार्यरत झण्डै ४ हजार जना कर्मचारीलाई जागिर बाट निकालेका हुन् ।

मस्कले गरेको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । तर, ट्विटरले दैनिक चार करोड डलर घाटा बेहोरिरहेकाले कर्मचारी कटौती गर्नु आफ्नो बाध्यता रहेको बताएको छ । जागिर बाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको बताइएको छ ।

कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरुले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् । जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरुलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

footer