kumari
stcnepal

बलात्कारको आरोपमा पक्राउ परे श्रीलंकाका क्रिकेटर दानुष्का

एजेन्सी – एक महिला माथि बलात्कारकाे आराेपमा श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका पक्राउ परेका छन् ।

३१ वर्षीय श्रीलंकाली क्रिकेटर दानुष्का बलात्कारको आराेपमा अष्ट्रेलियाको सिड्नी बाट पक्राउ परेकाे त्यहाँ स्थित विभिन्न सञ्चारमाध्ययमले जनाएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार उनलाई सिड्नीको एक होटलमा २९ वर्षीया महिला सँगै प्रहरीले पक्राउ गरेको हाे ।

क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक सञ्जालमा दानुष्का बलात्कार आरोपमा शनिबार पक्राउ परेको उल्लेख गरेका छन् । उनका अनुसार दानुष्का सँगै रहेका उनका साथीहरूले पक्राउ परेका उनलाई सिड्नीमै छाडेर हिँडेका हुन् ।

दानुष्का खेलका क्रममा तीन हप्ता अघि घाइते भएर उपचार गर्दै रेस्टमा बसेका थिए । उनकाे ठाउँमा एशेल बंडाराले टिममा उनको स्थान लिएका थिए । तर टिम म्यानेजमेन्टले उनलाई फर्काउनुको साटो अष्ट्रेलियामा टोली सँगै राखेको थियो ।

footer