kumari
stcnepal

संयुक्त राज्य अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदै

एजेन्सी ।संयुक्त राज्य अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । निर्वाचन अघिसम्म राष्ट्रपति जो बाइडेनले मेरिल्याण्डमा र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो अन्तिम चुनावी र्‍यालीको आयोजना गरेका छन् ।

मेरिल्याण्ड स्थित ब्ल्याक युनिभर्सिटीमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो निर्वाचन जनमत संग्रह नभइ अमेरिकाका लागि दुई दृष्टिकोण बीचको प्रतिस्पर्धा भएको बताए । उनले सन् २०२० को जनवरी ६ मा यूएस क्यापिटल हिलमा भएको आक्रमणको स्मरण गराउँदै कसलाई समर्थन गर्ने भन्ने जवाफ आफैंले खोज्न मतदातालाई आग्रह गरे ।

बाइडेन २०२० मा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका थिए । राष्ट्रपतीय निर्वाचनको ठीक दुई वर्षपछि र अर्को राष्ट्रपतीय निर्वाचनको ठीक दुई वर्षअघि अमेरिकामा मध्यावधि निर्वाचन हुने गरेको छ ।

footer