kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए १२ जना कोरोनाका संक्रमित

काठमाडौं।देशभर थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट १० तथा एन्टिजेन विधि बाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

 

footer