kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए १० जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७३१ पीसीआर परीक्षणका क्रममा ९ जना र ६०८ एन्टीजेन परीक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५४६ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

footer