kumari
stcnepal

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई, फाईनलमा आर्मी कल्व पराजित

काठमाडौं ।प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान भएको फाइनलमा एपीएफले नेपाल आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ३९ ओभरमा अलआउट हुनु पूर्व १७९ रन जोड्यो । विवादका कारण ढिला सुरु भएको खेल ४० ओभरमा घटाइएको थियो ।

उपाधि सँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा चित्त बुझाएको छ । सेमिफाइनल बाट बाहिरिएका पुलिस क्लब र मधेश प्रदेशले ५०/५० हजार प्राप्त गर्‍यो । फाइनलमा आर्मीका लागि रोहित पौडेलले ४९ रन बनाए । जितेन्द्र मुखियाले नटआउट २४, सुशन भारीले १९, राजेश पुलामीले १६, कुशल मल्लले १६, हरि चौहानले १५ रन बनाए ।

एपीएफका लागि मौसम ढकाल र अमर रौटेलाले समान तीन तीन विकेट लिए । यस्तै किशोर महतोले २ विकेट लिए । १८० रनको लक्ष्य एपीएफले ३८ ओभर ३ बलमा पुरा गर्‍यो । यसका लागि भुवन कार्कीले ५५ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै सुमित महर्जनले ३४, प्रदीप ऐरीले, सन्दीप जोराले १७, र शरद भेशवाकरले नट आउट १६ रन बनाए । यस्तै आसिफ शेखले १४ रन जोडे । आर्मीका जितेन्द्र मुखियाले दुई विकेट लिए । यस्तै सोमपाल कामी, विक्रम सोब र सुशन भारीले समान एक एक विकेट लिए ।

footer