kumari
stcnepal

विश्वकप फुटवलका बिजेताले नेपाली रूपैया ५ अर्व भन्दा बढी पुरुस्कार पाउछन, अन्यले कति पाउछन ?

काठमाडौं ।अर्को साता (नोभेम्बर २०)देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ । यसले सारा विश्वको ध्यान खिचिरहेको हुन्छ ।

एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् । अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकपको विजेता सँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् ।

विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् । विश्वकप विजेताले उपाधि सँगै ठूलो मात्रामा नगद रकम पाउनेछन् । विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ । र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ ।

कतारमा हुने विश्वकपको विजेताले अहिले सम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन् । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो । अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ कमरोड हुन आउँछ ।विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार  नेपाल राष्ट्र बैंक अनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य पाउनेछन् । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन् ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् । क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् । अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् ।

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ ।

कतार विश्वकपमा पुरस्कार राशी

विजेता: ४२ मिलियन डलर
उपविजेता: ३० मिलियन डलर
तेस्रो स्थान: २७ मिलियन डलर
चौथो स्थान: २५ मिलियन डलर
क्वाटरफाइन: १७ मिलियन डलर
अन्तिम १६ : १३ मिलियन डलर
समूह चरण: ९ मिलियन डलर

कुन विश्वकप विजेताले कति रकम पाए ?

१९८२, इटली: २.२ मिलियन
१९८६, अर्जेन्टिना: २.८ मिलियन
१९९०, जर्मनी: ३.५ मिलियन
१९९४, ब्राजिल: ४ मिलियन
१९९८, फ्रान्स: ६ मिलियन
२००२, ब्राजिल: ८ मिलियन
२००६, इटली: २० मिलियन
२०१०, स्पेन: ३० मिलियन
२०१४, जर्मनी: ३५ मिलियन
२०१८, फ्रान्स: ३८ मिलियन
२०२२, ? : ४२ मिलियन

footer