kumari
stcnepal

नेपालले आज देखी एक दिवसिय शृंखला यूएई सँग खेल्दै

काठमाडौं ।घरेलु नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएई सँग तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल आज खेल्दैछ । युएईले नेपाल सँग पहिलो पटक नेपालमा एकदिवसीय सिरिज खेल्न लागेको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीचको खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् ।

नेपाल र यूएई बीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले सम्म नेपाल माथि यूएई हाबी देखिएको छ । यूएईले नेपाल सँग ६ पटक प्रतिस्पर्धा गरेको छ । जसमा यूएईले ४ खेलमा जित निकाल्दा नेपालले भने दुई खेलमा मात्र जित निकालेको छ ।

 

 

footer