kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए ९ जना कोरोनाका संक्रमित

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भए सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधि बाट १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

footer