kumari
stcnepal

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिको भेटवार्ता, सुध्रिएला सम्वन्ध ?

एजेन्सी ।अमेरिकाका राष्ट्रपति जो बाइडन र चीनका राष्ट्रपति सी चिनपिङ बीच इन्डोनेसियाको बालीमा सोमवार प्रत्यक्ष भेटवार्ता भएको छ । जी२० शिखर सम्मेलनको साइडलाइन उनीहरू बीच भेटवार्ता भएको हो ।

बेइजिङ र वाशिङटनले मतभेद अन्त्य गर्नुपर्ने बाइडनले बताएको खबर सञ्चारमाध्यमहरूले दिएका छन् । आफू र सी मिलेर दुई देशबीचको सहकार्यको क्षेत्र पहिचान गर्नुपर्ने पनि उनले बताए । अमेरिका र चीन बीचको द्वन्द्व टारिने आशा उनले व्यक्त गरे । द्विपक्षीय सम्बन्धलाई राम्ररी सम्हाल्नुपर्ने कुरा पनि उनले झिके ।

footer