kumari
stcnepal

युएई सगको खेलमा नेपाल ८४ रनले पराजित

काठमाडौं ।पाहुना टोली युएई सँग नेपाल ८४ रनले पराजित भएको छ। सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए।यस्तै अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन्। उनले ५ चौका प्रहार गरे। ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे। कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३-३ रन बनाए। यस्तै गुल्सन झाले १९ रन बनाए।

नेपाललाई सस्तैमा रोक्न युएईका आयन अफजाल खानले सर्वाधिक ४ विकेट लिए। एक दिवसीय करियरमा उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चिए।

footer