kumari
stcnepal

विश्वको जनसंख्या ८ अर्व पुग्यो चिनको भन्दा भारतको जनसंख्या बढी

एजेन्सी ।विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।

११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मातृ तथा बाल मुत्युदरमा कमी तथा औसत आयुमा वृद्धि भएको बताएका छन्। विश्वको जनसंख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्ने प्रक्षेपण गरेको छ।

साथै विश्वको जनसंख्या ९ अर्ब पुग्न अब १५ वर्ष लाग्ने प्रक्षेपण भएको छ। चीनको जनसंख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसंख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ छ। सन् १९०० मा विश्व जनसंख्या एक अर्ब ६० करोड थियो, सय वर्षपछि सन् २००० सम्म आइपुग्दा ६ अर्ब पुगेको थियो।

footer